प्रहरी जवानदेखि सईसम्म हाजिर नभएपछि सूचना जारी, कारवाही गर्ने चेतावनी (नामसहित)

काठमाडाैं | कात्तिक १३, २०८०

प्रहरी जवानदेखि सईसम्म हाजिर नभएपछि सूचना जारी, कारवाही गर्ने चेतावनी (नामसहित)

काठमाडौँ:  नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि सूचना नै निकाल्नु परेको छ । सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।

 

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ ।

 

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरूलाई  सेवाबाट हटाउने कारबाही हुने बताइएको छ ।

 

सूचनामा भनिएको छ, ‘तपाईं देहाय विवरणका प्रहरी कर्मचारीहरू देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको छ ।

 

यि हुन् हाजिर हुन नआएका प्रहरी कर्मचारी:

 

2023-10-30-12-02-12-gopa-kattik-13-3

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्